झलनाथलाई एमालेको चेतावनी : हारलाई स्विकार गरेर जथाभाबी अभिव्यक्ति दिन छोड्नु


काठमाण्डु- नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई जथाभाबी अभिव्यक्ति नदिन चेतावनी दिएको छ ।

खनालले इलाम क्षेत्र नं १ को निर्वाचन प्रक्रियामा प्रश्न उठाएपछि नेकपा एमालेले पराजित भएपछि जथाभाबी अभिव्यक्ति नदिन चेतावनी दिएको हो । इलाम १ बाट खनाल नेकपा एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । एमालेका बस्नेतसँग खनाल २ हजार ६६२ मतले पराजित भएका हुन्।

पराजय पछि हताश मानसिकता बोकेर जथाभाबी अभिव्यक्ति अभिव्यक्ति दिनु उचित नभएको नेकपा एमालेका दावी छ । साथै लोकतान्त्रिक अभ्यास तथा जनताको अभिमतलाई सम्मान गर्न पार्टीले खनालाई स्मरण गराएको छ ।

मंसिर ४ गते भएको संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत इलाम क्षेत्र नं १ को मतदानको सुरु प्रक्रियादेखि नै खनालले लगाएको आरोप प्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘निर्वाचनमा भाग लिएर मतगणना सुरु भई प्रारम्भिक नतिजा आउँदासम्म सबै प्रक्रिया सङ्गत, विधिसम्मत निष्पक्ष, धाँधलीरहित देख्ने र आफू पराजित हुने निश्चित भएपछि अनेक प्रकारका आरोप लगाउनु आफैमा अलोकतान्त्रिक प्रवृत्ति हो । अझ देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले यस प्रकारको हर्कत देखाउनु लोकतन्त्रको मेरुदण्ड माथि कै हमला हो ।’, उदयबहादुर राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement