विद्रोहको औचित्य पुष्टि नहुँदै माओवादी केन्द्रसँग एकता गर्न सकिँदैन : खनाल

विद्रोहको औचित्य पुष्टि नहुँदै माओवादी केन्द्रसँग एकता गर्न सकिँदैन : खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) सँगको विद्रोहको औचित्य पूरा नहुँदै नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न नहुने धारणा राखेका छन् ।

एकीकृत समाजवादीको आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पुगेका सम्मानित नेता खनालले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेतृत्वले एमालेसँगको विद्रोहको औचित्यता पुष्टि गर्न नसकेको बताए ।

‘जुन हामीले विद्रोह गर्यौं नि । त्यो विद्रोहलाई पुष्टि गर्ने काम हाम्रो लिडरसिपले गरेकै छैन । पुष्टि भएकै छैन । पुष्टि हुँदा नहुँदै अर्कोतिर जाने स्थिति बन्यो भने त्यो विद्रोह किन गरेको थियो भन्ने प्रश्न आउँदैन रु’ प्रश्न गर्दै उनले भने ।

केन्द्रीय समिति बैठकले सबैभन्दा पहिला चार वर्ष अगाडि एमालेबाट किन विद्रोह गरिएको थियो, त्यसको के उद्देश्य थियो र त्यो उद्देश्यपूर्ति भयो कि भएन भन्ने कुराको समीक्षा गर्नुपर्ने उनले बताए । यी प्रश्नको जवाफपछि मात्रै पुनः एकीकरण गर्ने कि बहिष्कण गर्ने भन्ने निर्णय हुने उनले बताए । विद्रोह किन गरियो र हामी कहाँ पुग्यौं भन्ने कुराको निर्क्यौल गर्नुपर्ने उनको सुझाव छ ।

उनले माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता नहुने र कार्यगत एकताको लागिभने मैदान खुला नै रहेको बताए ।