काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नु आफूहरूको कमजोरी रहेको स्वीकार गरेका छन्। आइतबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा उक्त कुरा स्वीकार गरेका हुन्।
‘मदन भण्डारीको बारेमा चर्चा गरिरहँदा जीवराज आश्रित कमरेडलाई छुट्याउनै मिल्दैन । उहाँहरूको हत्या अत्यन्तै रहस्यमयी ढंगले भयो । यी हत्या कसले गरेका थिए ?,’ उनले भने, ‘ती कुराहरूलाई आजसम्म पनि पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ ।’
मदन भण्डारीको हत्याको षड्यन्त्र नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्रस्वरूप भएको उनले बताए।
यस्तै, भण्डारीमाथि रचिएको हत्याको षड्यन्त्र नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्र भएको उनको भनाइ छ।
‘उहाँमाथि जुन हत्याको षड्यन्त्र रचियो, नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्र हो । यो सिंगो कम्युनिस्ट आन्दोलनमाथि षड्यन्त्र जारी छ,’ उनले भने ।




प्रतिक्रिया