एमसीसी पास भए नेपालले पनि रुस-युक्रेनकाे जस्तै अवस्था भोग्नु पर्नेछ : झलनाथ खनाल

एमसीसी पास भए नेपालले पनि रुस-युक्रेनकाे जस्तै अवस्था भोग्नु पर्नेछ : झलनाथ खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले युक्रेनले अहिले भोगेको अवस्था नेपालले पनि भोग्नुपर्ने स्थिति आउन दिन नहुने बताएका छन् । शुक्रबार कमलादीस्थित प्रज्ञा भवन परिसरमा आयोजित एमसीसीविरुद्ध खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी अनुमोदन गर्दा चीनसँगको सम्बन्ध बिग्रिन सक्ने बताएका हुन् ।

‘अहिले रुस-युक्रेन युद्ध चलिरहेको छ । युक्रेनका कारण आफूमाथि सुरक्षा चुनौती बढेको भन्दै रुसले आक्रमण गर्यो । अहिले युद्ध चलिरहेको छ,’ खनालले भने, ‘नेपालले पनि यसबाट सिक्नुपर्छ । टाढाको कुरा सुन्दा छिमेकी देशसँगको सम्बन्ध बिग्रिने अवस्था नआओस् ।’

एमसीसीको प्रक्रिया आफू प्रधानमन्त्री हुँदा सुरुवात नगरेको भन्दै उनले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सुरु भएको बताए । एमसीसी नेपालको हितमा नरहेको भन्दै उनले संसदमा अनुमोदन गर्ने विषयमा पनि आपत्ति जनाए । ‘आलु, टमाटर बेच्दा अनुमोदन गर्न नपर्ने, अनि बिजुली बेच्न चाहिँ अनुमोदन गर्नुपर्ने ?,’ खनालले प्रश्न गरे ।