निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भयाे: झलनाथ खनाल

निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भयाे: झलनाथ खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भएको बताएका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न भएको बताए ।

प्रतिपक्षी दल एमालेले निर्वाचन धाँधलीपूर्ण रहेको आरोप लगाइरहेका बेला पूर्वप्रधानमन्त्री खनालले शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट चुनाव सम्पन्न भएको दाबी गरेका हुन् । एकाध स्थानमा भएका घटना सामान्य रहेको र यसको समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।