‘भ्रमण वर्ष २०२०’ : झम्सिखेल युथ क्लबले सडक महोत्सव आयोजना गर्दै

‘भ्रमण वर्ष २०२०’ : झम्सिखेल युथ क्लबले सडक महोत्सव आयोजना गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – झम्सिखेल युथ क्लबले एक दिवसीय सडक महोत्सव आयोजना गर्ने भएको छ । मंगलबार झम्सिखेल युथ क्लबले पत्रकार सम्मेलन आयोजना गरि मङ्सिर २१ गते शनिवार ‘चौथो झम्सिखेल सडक महोत्सव २०७६’ आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

हरेक चार वर्षमा सडक महोत्सव आयोजना गर्दै आइरहेको झम्सिखेल क्लबले यसपटक भने नेपाल सरकारको ‘भ्रमण वर्ष २०२०’ मा बीस लाख पर्यटक भित्र्याउने सरकारको अभियानलाई थप सहयोग पुर्याउने उदेश्यका साथ उक्त महोत्सव आयोजना गर्न लागिएको क्लबका अध्यक्ष चन्दन थापा मगरले जानकारी दिए । क्लबले यसभन्दा अघि २०६४, २०६८, तथा २०७३ मा सडक महोत्सव आयोजना सम्पन्न गरेको थियो ।

झम्सिखेल परिसरको करिब ५०० मिटरको दायरा भित्र आयोजना हुने महोत्सव बिहान ८ बजेदेखि साँझ ८ बजे सम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन गृहमन्त्री रामबहादुर थापाले गर्ने क्लबलका प्रवक्ता कौशल घिमिरेले जानकारी दिए ।

उद्घाटन समारोहमा ललितपुर क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य माननीय पम्फा भूसाल , ललितपुर क्षेत्र ३ (ख) बाट प्रदेशसभा सदस्य माननीय जीवन खड्का , ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन , ललितपुर महानगरपालिकाका वडा २ र ३ का वडा अध्यक्षहरु, झम्सिखेलका उद्योगी, व्यापारी तथा समाजसेवीहरु सहभागी हुनेछन् ।

महोत्सवको उद्घघाटन समारोह पश्चात् लोकदोहोरी, रक कनसर्ट, तथा हास्य कलाकारहरुको प्रस्तुति रहने छन् । लोकदोहोरीका चर्चित गायक प्रकाश सपुत र साथीहरु(गलबन्दी), लोकप्रिय दोहोरी कलाकार तथा राष्ट्रिय सभा सदस्य माननीय कोमल वली, गायक प्रागपूर्ण नेपालीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नु हुने छ ।

महोत्सवमा हास्य कलाकारहरु राजा राजेन्द्र, पूर्ण थापा (सुब्बा साप ) र रवि डङ्गोल (का बेमान), सुरेन्द्र केसी (मुला साग) शिवशंकर रिजाल (जोगेन्दर)ले आ आफ्ना प्रस्तुति दिनु हुनेछ । त्यसैगरी रक ब्यान्ड अनुप्रस्थ, मुक्ती एण्ड रिभाइबल, रबिन एण्ड द न्यू रेभुलुशन र कबवेबले अफ्ना रक नम्बरहरु प्रस्तुत गर्नेछन् ।

महोत्सवमा सांस्कृतिक कार्यक्रमका अतिरिक्त विभिन्न प्रकारका स्टलहरु समेत राखिने र महोत्सव अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।