झापा–५ : ओलीभन्दा बालेन १० हजार मतले अगाडि

झापा–५ : ओलीभन्दा बालेन १० हजार मतले अगाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले फराकिलो अग्रता लिएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा बालेन १० हजार मतले अगाडि पुगेका छन् ।

पछिल्लो परिणामअनुसार साँझ साढे ६ बजेसम्म बालेनले १३ हजार ६५४ मत पाउँदा नेकपा ओलीले ३ हजार ११ मत मात्रै पाएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले ४०३ मत प्राप्त गरेकी छन् भने नेकपाका उम्मेदवार रञ्जित तामाङले ३७० मत प्राप्त गरेका छन् ।