झापा – झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा बम विष्फोट भएको छ ।
बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बर वडाको संयुक्त वडा कार्यालयमा सोमबार बिहान ४ः३० बजे अज्ञात समूहद्धारा बम विष्फोट भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
अनुसार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट हुँदा कार्यालयको झ्याल भत्किएको प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए ।
बम विष्फोटबाट कार्यालयको बाहिरी भवनमा क्षति पुगे पनि कागजात भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।




प्रतिक्रिया