झापा इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

झापा इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वैदेशिक रोजगारमा रहेका नेपालीले झापा इनर्जीको आइपीओमा आवेदन दिने आज (साउन १८ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले साउन १४ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण सेयर स्थानीयका लागि बिक्री खुला गरेको छ।

स्थानीयका लागि छुट्याइएको कुल सेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटरवरपरको क्षेत्रका बासिन्दामा बाँडफाँट गरिनेछ भने बाँकी १ लाख ९० हजार ९५ कित्ता सेयर शिवसताक्षी नगरपालिका वडा नं ४ का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालबाट सी–आस्बा प्रणाली र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

झापा इनर्जीको आइपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।