काठमाण्डु – झापा जिल्लामा भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान सूचना जारी गरी झापाको बाहुनडाँगी वर्षामापन केन्द्र तथा वरपरका क्षेत्रमा उल्लेख्य मात्रामा वर्षा मापन गरिएको जनाएछ। सो क्षेत्र हुँदै बग्ने निन्दा खोला, मेची नदी तथा साना खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले डुबान सम्भावित होचा भू–भागमा सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।
विभागले थप वर्षा हुन सक्ने उल्लेख गर्दै जोखिम क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।




प्रतिक्रिया