काठमाण्डु -बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो
झापा निवासी ८३ वर्षीय पुरुषमा अत्याधिक खोकी, श्वास फेर्न समस्या तथा ज्वरो आएपछि परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । उनलाई बी एन्ड सी टिचिङ अस्पताल बिर्तामोडले प्रतिष्ठानमा थप उपचारका लागि रेफर गरेको थियो ।
गत ३ गते अस्पताल भर्ना गरिएका उनको आज बिहान उपचारको क्रममा निधन भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनमा मिर्गौलाको दीर्घकालिन समस्या, उच्च रक्तचाप, मधुमेह र अल्परक्त कोशीकाको समस्या रहेको अस्पतालले जनाएको छ ।
यता, मोरङको बेलबारी ५ की ५६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । गत ९ गते अस्पताल भर्ना भएर कोरोना पुष्टि भएका उनको आज बिहान निधन भएको हो ।




प्रतिक्रिया