झापा – प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले कोभिड–१९ को सङ्क्रमणबाट झापा कारागारका कैदीबन्दीलाई जोगाउन मङ्गलबार अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
उपलब्ध सामग्रीमा १ हजार १ सय मास्क, ४ कार्टुन स्यानिटाइजर र केही ग्लोब्स रहेको झापा कारागारका प्रमुख राजेन्द्र निरौलाले जानकारी दिए ।
झापा कारागारमा हाल ७७ महिलासहित १ हजार ९७ कैदीबन्दी छन् । डेढ महिनादेखि सरकारी सिदा नपाएको र भेटघाट बन्दका कारण आफन्तसँग सहयोग लिनसमेत नपाएकाले साबुन, स्यानिटाइजर, मास्क, दाँत माझ्ने ब्रस र मञ्जन किन्न नसकेर दैनिकी कष्टकर बन्दै गएको कैदीबन्दीले बताउँदै आएका थिए ।




प्रतिक्रिया