बालिका बलात्कारको आरोप लागेका सशस्त्रका असई जिल्ला तानिए


झापा   – १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा शसस्त्र प्रहरीका सहायक निरीक्षक (असई) जिल्ला तानिएका छन् ।

असई सूर्य कटुवालले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेपछि उनलाई छानविनका लागि सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर झापा तानिएको सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए ।

‘कटुवाललाई जिल्ला तानेर २४ घण्टे स्पष्टीकरण सोधेका छौं, उनीमाथि आन्तरिक अनुसन्धान सुरु भएको छ । दोषी देखिए कानुनअनुसार कारबाही हुनेछ,’ एसपी पाण्डेले भने ।

गौरीगन्ज गाउँपालिका–२, कोरोबारीस्थित सीमा सुरक्षामा खटिएका कटुवालले मादक पदार्थ सेवन गरी १२ वर्षीया बालिकालाई आइतबार राति साढे ९ बजे घरभित्रै पसेर जबर्जस्ती करणीको प्रयास गरेको आफन्तको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement