काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री देवेन्द्र दाहाललाई चुनावी कमान्डर तोकेको छ।
शुक्रबार गौरादहमा बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले दाहालको कमान्डरमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।
दाहाल २०४८ सालदेखि नै अध्यक्ष ओलीको निर्वाचन कमाण्डरका रूपमा सक्रिय रहँदै आएका हुन्।
समितिको सह–संयोजकमा एमाले केन्द्रीय सदस्य एवं संविधान सभाका पूर्व सदस्य दीपक कार्की र केन्द्रीय सदस्य एवं अनेमसंघकी उपाध्यक्ष मेनुका काफ्लेलाई चयन गरिएको छ।
यस निर्वाचन परिचालन कमिटीलाई थप व्यवस्थित बनाउन ६९ सदस्यीय सचिवालय र ९ वटा विभिन्न विशिष्ट उप–समितिहरू समेत गठन गरिएको छ।




प्रतिक्रिया