काठमाण्डु – सुदूरपश्चिम प्रदेश सभा झपटबहादुर बोहरा पदमुक्त भएका छन् । माओवादी केन्द्रले कारबाही गरेको पत्र प्रदेशसभामा पेश गरेको थियो ।
सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले दल त्याग गरेको पत्र पढेर सुनाएका हुन् ।
बोहराले माओवादी केन्द्र दल त्याग गरेकाले नेपाल संविधानको धारा १८० तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रदेश सभा नियमवाली २०७४ बमोजिम प्रदेश सभा सदस्य पद गएको हो । बोहरा अछाम १ (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए ।
उनी अहिले एमालेको केन्द्रीय सदस्य बनेका छन् । एमालेमा सक्रिय भएपछि माओवादी केन्द्रले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थियो ।




प्रतिक्रिया