ओली पक्षलाई झपट रावलको चुनौती : सक्छौं भने राजीनामा दिने आँट गर !

ओली पक्षलाई झपट रावलको चुनौती : सक्छौं भने राजीनामा दिने आँट गर !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका सांसद झपट रावलले प्रतिनिधिसभा सांसदहरुलाई राजीनामा दिन चुनौती दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली समूहले अदालतको फैसलालाई गलत र माधव नेपाललाई गद्दार भनेर टिप्पणी गरिरहेका बेला बिहीबार नेता रावलले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला गलत लागेमा सांसद पदबाट राजीनामा दिन चुनौती दिएका हुन् ।

‘म चुनौती दिन चाहन्छु, सर्बोच्चको फैसला गलत हो भने पुनःस्थापित भएको प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने हिम्मत र आँट गर । यसै पनि तिमीहरुलाई यो प्रतिनिधिसभामा उपस्थिति हुने कुनै नैतिक अधिकार छैन । आफैले पटक–पटक हत्या गरेको र मलामी गएको प्रतिनिधिसभामा कुन मुख लिएर आउँछौं ?’ रावलले भनेका छन् ।

उनले नेपाल समूहको कदम र फैसलालाई गलत थियो भन्नेहरुलाई संविधानको ब्याख्या ओलीहरुले गर्ने हो कि न्यायपालिकाले भनि प्रश्न समेत गरेका छन् । ‘प्रधानमन्त्री र राष्ट्रपतिका कदमप्रति न्यायपालिकामा प्रश्न उठ्न नपाउने हाम्रो संबिधानमा कहाँ ब्यबस्था गरिएको छ ? के राष्ट्रपति पन्चायतकालीन राजाभन्दा बढी अधिकार प्राप्त र संबिधानभन्दा माथि हुन ?’ उनले प्रश्न गरेका छन् ।

आफूहरुले चालेको कदमलाई अदालतले सदर गरेको तथ्यले आफूहरु सही बाटोमा थियौ भन्ने पुष्टि भएको रावलको भनाई छ। तत्कालिन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले सोमबार सुनस्थापना गरिदिएको थियो ।