सांसद रावलको मागः स्थायी कर्मचारीलाई खुला प्रतिस्पर्धाबाट वन्चित गरिनुपर्छ

सांसद रावलको मागः स्थायी कर्मचारीलाई खुला प्रतिस्पर्धाबाट वन्चित गरिनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद झपट रावलले स्थायी कर्मचारीलाई लोक सेवाआयोगको खुला प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था हटाउन संसदीय समितिमार्फत् माग गरेका छन्।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा सांसद रावलले भने,‘ लोकसेवा आयोगको आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउने स्थायी कर्मचारीहरुले खुला प्रतिस्पर्धामा भाग लिने हो भने राजीनामा दिएर आउनुपर्छ।’

आयोगको खुला प्रतिस्पर्धामा नयाँ नागरिकहरुलाई मौका दिन पनि स्थायी कर्मचारीहरुलाई त्यसमा प्रतिस्पर्धा गर्ने कानुनी प्रावधान हटाउन न्यायोजित हुने उनको तर्क छ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भने कार्य सम्पादनमा समस्या नहुने गरी स्थायी कर्मचारीहरुले पनि लोक सेवा आयोगको खुला प्रतिस्पर्धामा भाग लिँदा फरक नपर्ने धारणा राखेका थिए ।