काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौंमा ट्याक्सी चढ्दा छुटेको एक व्यक्तिको ५० हजार नगदसहितको झोला खोजतलास गरी हस्तान्तरण गरेको छ ।
शुक्रबार नयाँबानेश्वरबाट सोह्रखुट्टेसम्म जाने क्रममा बा२ज ४६०७ नम्बरको टयाक्सीमा कार्यालयका अत्यन्तै जरुरी फाईल, नगद तथा अन्य महत्वपुर्ण कागजातसहितको कालो झोला छुटेको थियो ।
झोला धनी लोकेन्द्र वलीले दिएको निवेदन अनुसार खोजतलास शाखाको सकृयतामा सो सामानसहितको झोला फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
त्यस्तै माघ १५ गते एयरपोर्टबाट बाहिरिने क्रममा बा.१.प १२४७ नम्बरको पर्यटक गाडीमा छुटेको लगेज प्रहरीले धनीलाई हस्तान्तरण गरेको छ ।
लगेज छुटेको भन्दै भक्त बहादुर गुरुङ्गले दिएको निवेदन अनुसार खोजतलास शाखाको सक्रियतामा उक्त लगेज फेला पारी धनिलाई हस्तान्तरण गरिएको छ ।





प्रतिक्रिया