काठमाण्डु–पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका ३० जनाको शव निकालिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म १६ जनाको शव निकालिएको हो ।
अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्र सहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ ।
आज ४ महिला १२ पुरुष गरी जम्मा १६ वटा शव निकालिएको हो।
हालसम्म फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
सनाखत भएकामा स्याङजाको गल्याङ नगरपालिका–३ का सीता भट्टराई, उनका छोरा दिपेश भट्टराई र दिपिका भट्टराई, बुटवलको सेमलारका प्रकाश कुवँर, सिर्जना कुवँर, अनु मल्ल, गुल्मी चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी, कपिलवस्तु जितपुरका बोमबहादुर मगर र ठेगाना नखुलेकी भिमा कुमारीको शवको पनि पहिचान भएको छ। त्यसैगरी ठेगाना नखुलेका बोम कार्की र प्रकाश कुँवरको पनि शव फेला परेको प्रहरीले जनाएको छ।
निबार पहिरोले पुरिएको अवस्थामा माइक्रो बसबाट ५ वटा र अर्को बसबाट ९ वटा गरी १४ जनाको शव निकालिएको थियो।




प्रतिक्रिया