जीवनबहादुर शाहीले मुख्यमन्त्रीको रुपमा भोली मात्रै शपथ लिने

जीवनबहादुर शाहीले मुख्यमन्त्रीको रुपमा भोली मात्रै शपथ लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले भोली मुख्यमन्त्रीको शपथ लिने भएका छन् । सोमबार महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि जीवनबहादुरले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले उनलाई बुधबार मुख्यमन्त्रीको शपथ खुवाउने कार्यक्रम रहेको सांसद हिमबहादुर शाहीले जानकारी दिए । कलौनीले मंगलबार बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्री दाबी प्रस्तुत गर्ने समय दिएका थिए ।

‘प्रदेश प्रमुखले आज बेलुका साढे ७ बजेसम्मको समय दिनु भएको छ । आज उहाँ (जीवनबहादुर शाही) मुख्यमन्त्री नियुक्त हुनुहुन्छ होला । आजै नियुक्त भएर आजै शपथ हुने सम्भावना छैन । त्यसैले सकेसम्म भोलि नै मुख्यमन्त्रीको शपथ लिने तयारी छ’, शाहीले भने ।

कांग्रेसका जीवनबहादुर शाहीलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन रहेको छ ।