काठमाण्डु – नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले चीन सरकारको मुखपत्र ग्लोबल टाइम्स पत्रिकाले सार्वजनिक गरेको ‘कांग्रेससहितका शक्तिले नेपाल र चीन सीमा विवादको आधारहीन हल्ला फैलाए’ शीर्षकको समाचारप्रति आपत्ति जनाएका छन् ।
एक विज्ञप्ति जारी गर्दै नेता शाहीलाई चीन सरकारले लगाएका उक्त आरोप मिथ्या भएको भन्दै एक इन्च पनि नेपाली भूमी नमिचेको प्रमाण पेश गर्न चुनौती दिएका छन् ।
‘स्थलगत निरीक्षणबाट छिमेकी चीनले लोलोङ्जोम क्षेत्रमा मात्र नभई अन्य सीमा क्षेत्रमासमेत नेपाली भूमि अतिक्रमण भएका प्रमाणहरु काल्पनिक नभई तथ्यगत रहेका छन्’, विज्ञप्तिमा भनिएको छ ।
उनले नेपाल र चीनबीच सीमा विवाद सम्बन्धमा तथ्य र प्रमाणहरुसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रपमार्फत ध्यानाकर्षण गरिएको एक महिनाको अवधिमा बित्दासमेत सरकार कानमा तेल हालेर बस्नु र चीनबाट कूटनीतिक मर्यादा विपरित यस्ता धम्कीपूर्ण भाषा प्रयोग हुनुले सरकारको आत्मसमर्पणवादी चरित्र र छिमेकी चीनको मिचाह तथा विस्तारवादी प्रवृतिको उजागर भएको आरोप लगाएका छन् ।
‘चीनले नेपाली भूमि नमिचेको प्रमाणित गरेमा जस्तो सुकै सजाय भोग्न समेत तयार रहेको जानकारी गराउँदै आफ्नो भूमिको रक्षाका लागि नेपाल सरकार र सरोकार विकायलाई निरन्तर दबाब सृजना गर्न र यस्ता मिथ्या एवं काल्पननिक समाचारबाट भ्रममा नपर्न आम नेपाली समुदायलाई आग्रह गर्दछु’, उनले विज्ञप्तिमा भनेका छन् ।
र यो पनि
नेपाललाई चीनबिरूद्ध उक्साउने रिपोर्टका पछाडि कसको हात छ ?





प्रतिक्रिया