काठमाण्डु – जीवन विकास लघुवित्तले आईपिओ जारी गरेको छ । लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।
जीवन विकासले एक सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ बिक्री गर्नेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने बताइएको छ ।
असार १५ गतेसम्म आवेदन दिन सकिन्छ । यसमा एनएमबी क्यापिटल बिक्री प्रबन्धकको काम गरेको छ ।
जीवन विकासले १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ बिक्री गर्नेछ । यसमध्ये ०.५५ अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जीवन विकास लघुवित्तलाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।
जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ ।




प्रतिक्रिया