काठमाडौं – गोर्खा ब्रुअरीको अन्तशुल्क विवादमा छानबिनमा तानिएका उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले राजीनामा दिएका छन् ।
अधिकारीले न्याय परिषद्मार्फत प्रधानन्यायाधीशसमक्ष राजीनामा दिएका हुन् । उनी न्याष परिषद्को सिफारिसमा प्रधानन्यायाधीशमार्फत उच्च अदालत पोखरामा नियुक्त भएका थिए । उनले निष्पक्ष न्यााय निरुपण गर्दागर्दै आरोप खेप्नुपरेको भन्दै राजीनामा बुझाएका हुन् ।
अधिकारीले राजीनामामा ४० वर्ष न्याय सेवामा बिताएको समयमा कुनै पनि विवादित काम नगरेको र न्याय सेवाबाट अवकाश पाउने समय नजिक आइपुग्दा आफूमाथि गम्भीर आरोप लागेको दाबी गरेका छन् । उनले सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा बनेको छानबिन समितिमा बयान दिएपछि राजीनामा बुझाएका हुन् ।




प्रतिक्रिया