कर्णाली प्रदेशसभाका आलोचित सचिवले दिए राजीनामा

कर्णाली प्रदेशसभाका आलोचित सचिवले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले राजीनामा दिएका छन्। बुढाथोकीले बुधबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाएका हुन्।

६५ वर्ष उमेर पूरा भए पछि पनि पदमा बसको भन्दै चौतर्फि आलोचना भएपछि बुढाथोकीले ६५ वर्ष पूरा भएको २१ दिनपछि राजीनामा दिएका हुन्।

उनीविरुद्ध दोहोरो सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो भने स्वकीय सचिवमा आफ्नै श्रीमतीको नाम राखेर भुक्तानी लिएको आरोप पनि लागेको थियो ।