प्रथम महिला भन्छिन्ः ह्वाइट हाउस गए पनि शिक्षण पेशा छोड्दिन

प्रथम महिला भन्छिन्ः ह्वाइट हाउस गए पनि शिक्षण पेशा छोड्दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो वाइडेनकी श्रीमतीले शिक्षण पेशा नत्याग्ने बताएकी छन् । शिक्षण पेशामा रहेकी जील विडेनले आफू प्रथम महिलाको रुपमा ह्वाइट हाउसमा मात्रै सिमित नहुने बताएकी हुन् ।

उनले शिक्षण पेशा नत्यागेको खण्डमा उनी नै ह्वाइट हाउस बाहिर काम गर्ने बहालवाला राष्ट्रपतिकी पहिलो पत्नी हुनेछिन् । विगतमा उनका पति जो वाइडेन ८ बर्षसम्म उपरास्ट्रपति पदमा हुँदा पनि उनले टिचिंग पेशालाई निरन्तरता दिएकी थिइन् ।

‘मलाई पढाउन मन लाग्छ’, बिडेनले भनिन्, ‘यदि हामी ह्वाइट हाउसमा पुग्यौं भने म पढाउने काम जारी राख्ने छु । यो महत्त्वपूर्ण छ, र म चाहन्छु कि शिक्षकहरूले मूल्यांकन गरून् र उनीहरूका योगदानहरू जानून् र पेशालाई माथि उठाउन ।’

उनले प्रथम महिलाको भूमिका स्थिर नरहेको बरु, यो स्थितिमा सेवा गर्ने र सामाजिक मानदण्डहरू र अपेक्षाहरू परिवर्तन गर्ने व्यक्तिको आकार भएको बताएकी छन् ।