काठमाण्डु – नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरू दलीयकरणको मारमा परेको बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली विश्व विद्यालयहरूमा स्वायत्तताको विषय ठूलो बनेको जिकिर गरे ।
विश्वविद्यालयहरू दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको सांसद देवकाे भनाइ छ । उनले विश्वविद्यालयहरू दलीयकरण हुँदा विद्यार्थीहरूले उच्च गुणस्तरको शिक्षा ग्रहण गर्न नसकेको बताए । उनका अनुसार उच्च गुणस्तरीय शिक्षा प्राप्त नहुँदा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू दक्षिण एशियाली विद्यार्थीहरूसँग पनि प्रतिष्पर्धामा पछि परिरहेका छन् ।
उनले देशभित्र सरकार बाहेकका क्षेत्रबाट शिक्षा क्षेत्रमा आउने पुँजीलाई प्रोत्साहन गर्नुपर्ने बताए ।




प्रतिक्रिया