काडमाण्डु – कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालयमा सोमबार अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले उनलाई पार्टी प्रवेश गराएका छन् ।
विजयकुमार गच्छदार नेतृत्वको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा रहेका देव पार्टीसँगै कांग्रेसमा समाहित भएका थिए । सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य भए ।
उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत भए । २० फागुन २०८० मा उनको कार्यकाल सकिएको थियो ।




प्रतिक्रिया