सुटकेश र झोला बोकेर मन्त्री क्वार्टरबाट बाहिरिए जितेन्द्र सोनल

सुटकेश र झोला बोकेर मन्त्री क्वार्टरबाट बाहिरिए जितेन्द्र सोनल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बर्खास्तीमा परेका प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल मन्त्री क्वार्टरबाट बाहिरिएका छन् । आइतबार जनता समाजवादी पार्टी नेतृत्वबाट बर्खास्तीमा परेका सोनल क्वार्टर छोडेर बाहिरिएका हुन् ।

मन्त्री सोनल एउटा सुटकेश र झोला बोकेर मन्त्री क्वार्टरबाट बाहिरिएका थिए । उनले सरकारी गाडी फिर्ता गरेपछि बाइक चढेर जनकपुरको मधेश भवनबाट निस्केका छन् ।

आइतबार जसपा प्रदेश २ संसदीय दलको बैठकले मन्त्री सोनलसहित राज्यमन्त्री सुरेश मण्डल, अभिराम शर्मा, डा.डिम्पल झालाई बर्खास्त गरेको थियो ।