जनकपुरधाम – मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोनललाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
सोनलले ६ दलको समर्थनमा ५७ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । तर नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि जनमत पार्टीका १३ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरे पनि प्रदेश प्रमुखले सोनललाई नियुक्त गरेका छन् । जनमत पार्टीले यादवको दाबी अस्वीकार गर्दै सोनललाई समर्थन गरेको जनाएको थियो ।





प्रतिक्रिया