भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेस संसदीय दलका नेता शाही स्वतः निलम्बित

भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेस संसदीय दलका नेता शाही स्वतः निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही स्वतः निलम्बित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि शाहीको सांसद पद समेत निलम्बनमा परेको छ ।

भ्रष्टाचार निवारण ऐन २०५८, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बित हुने प्रावधान छ ।

वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन पर्यटन मन्त्री समेत रहेका शाहीसहित ३२ जनालाई मुद्दा दर्ता गरेको छ । वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टचार भएको अख्तियारको आरोप छ ।

२०७९ मंसिर ४ गतेको निर्वाचनमा शाही हुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र (२) बाट विजयी भएका थिए ।