एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भएपछि पहिलोपटक चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोनमा कुराकानी गरेका छन् ।
समाचार संस्था एएफपीका अनुसार जनवरी २० मा अमेरिकाको राष्ट्रपति बनेका बाइडेनले पहिलो पटक चिनियाँ समकक्षीसँग सीसँग केही दिनअघि कुराकानी गरेका हुन् ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार लुनार नयाँ वर्षको पूर्वसन्ध्यामा दुई राष्ट्रपतिबीच कुराकानी भएको हो ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले थालेको व्यापार युद्ध जारी रहेका बेला यी दुई ठूला अर्थतन्त्रबीचको आगामी सम्बन्ध कसरी अगाडि बढ्छ भन्नेमा संसारभरि चासो छ ।
त्यसैले यो टेलिफोन कुराकानीलाई निकै महत्वका साथ हेरिएको छ । बाइडेन र सीबीच टेलिफोनमा केके कुराकानी भयो भन्नबारे भने खुलाइएको छैन ।




प्रतिक्रिया