मेडिकल कलेज विरुद्धको आन्दोलनमा सहभागी हुन संयुक्त विद्यार्थी संगठनको अपिल


काठमाण्डु – संयुक्त विद्यार्थी संगठनले नोबेल मेडिकल र काठमाण्डु मेडिकल कलेज लगायत मेडिकल कलेजहरुमा चलिरहेको बिद्यार्थी आन्दोलनमा नागरिक समाज, अभिभावकहरु लगायतको ऐक्यवद्धताका निम्ति आग्रह गरेको छ ।

मंगलवार संयुक्त बिद्यार्थी संगठनले बिज्ञप्ति जारी गर्दै देशभरका मेडिकल बिद्यार्थी, अभिभावक, पत्रकार, नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागी अपिल गरेको हो ।

नेबिसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी बिध्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन बैध्य निकट अखिल(क्रान्तिकारी)का हरिकृष्ण गजुरेल, विप्लव बिद्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, अखिल छैठौंका देवेन्द्र कुँवर र अखिल नेपाल बिद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईद्रारा हस्ताक्षरित बिज्ञप्तिमा कलेज प्रशासको दुर्ब्यबहार र दमनको निन्दा गर्दै घाइते बिद्यार्थीहरुको स्वास्थ्यलाभको कामना गरिएको छ ।

काठमाण्डु मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा अतिरिक्त शुल्क बिरुद्ध चलेको आन्दोलनमा बिद्यार्थी र कलेज प्रशासनबिच समझदारी कायम हुन नसक्दा आन्दोलन थप मुठभेडतर्फ अघि बढेको थियो । मो समयसम्म बिद्यार्थीका मागहरु सम्बोधन गर्न कलेज प्रशासन तयार नभएको भन्दै संयुक्त बिध्यार्थी संगठनले मागपत्र टाँसेर के.एम.सी प्रशासनमा ताला समेत लगाएका छन् ।

विद्यार्थीका माग पुरा गर्नेतर्फ उदासिनता देखिएको भन्दै सोमबार विद्यार्थीहरुले नोबेल प्रशासन बिरुद्ध सिट्टि जुलुस सहित प्रदर्शन गरेको थियो । उक्त शान्तिपूर्ण प्रदर्शनमा कलेज प्रशासनले हस्तक्षेप गर्दा बिद्यार्थी नेताहरु ताजिम अन्सारी, दिपेन्द्र मेहता टेकेन क्षेत्रि ,उमेश सेन्चुरी, सोयब अन्सारी, शहिल झा लगायत १ दर्जन बढी बिद्यार्थी घइते भएका छन् । शान्तिपुर्ण कार्यक्रममा दमन गरेकोप्रति आक्रोसित विद्यार्थी संगठनले इंटको जवाफ पत्थरले दिने भन्दै समस्या समाधानमा पहल नगरे थप कडा संघर्षमा उत्रने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement