जोखिम मोलेर प्रवासिको सेवा

जोखिम मोलेर प्रवासिको सेवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयां दिल्ली – सेवा, त्यो पनि निःस्वार्थ। सुन्दा सामान्य लागेपनि सेवामा समर्पित हुन भने निकै कठीन छ। बिना त्याग र समर्पण सेवा सम्भव हुन्न । र,समाजसेवाका लागि समर्पण अत्यावश्यक मानिन्छ ।आजको युगमा सेवा भावको अभाव धेरै महसुस हुन्छ ।लाग्छ, आजको युग स्वार्थी युग हो । आजको स्वार्थी दुनियामा सेवाभाव भएका मानिस धेरै कम भेटिन्छन्। बजारमा सेवा गर्नेहरुको जमात नभेटिने होइन। समाजसेवालाई माध्यम बनाएर ‘आफ्नो सेवा’ गर्नेहरुको भीड धेरै देखिन्छ ।अर्थात स्वयंसेवाको अर्थ परिवर्तन भएको अनुभूत हुन्छ । ‘स्वयंसेवा’ स्वयंमको सेवामा परिणत भएको यसले अथ्र्याउँदैन र ?

तर सबै मानिस त्यस्ता हुँदैनन् । सेवा, त्यो पनि निःस्वार्थ गर्नेहरु पनि यही समाजमा छन् । यिनै मध्येका हुन् समाजसेवी राजपावर महर विरेन्द्र सिहं विजय थापा (हसिन)असोक सार्कि धनसिंह कडायत वासुदेव जोशि समाजसेवा उनकालागि अपरिहार्य बनेको छ । उनको निःश्वार्थ सेवा भाव र सक्रियताका कारणनै उनले सन् २०१७ मा स्थापना भएको ,हाम्रो सोच हाम्रो भविष्य, संस्थाद्धारा समाजसेवामा निरन्तर अघि वढिरहेका छन् । महर सिहं र हसिन वासुदेव असोक प्रवासमा एक अर्काका भरोसाका पात्र नै बनेका छन् । प्रवासमा हुने अप्ठयारा विभिन्न चुनौतिसंग जुध्न उनीहरु तत्पर रहेका छन् ।

फलस्वरुप : अगाडि उनी अन्य संघ संस्थाबाट समाजसेवाको भाव निरन्तर दिइरहेका थिए । अरुको संस्थाबाट भन्दा पनि आफनो संस्था खोलेर सेवा भावफैलाउनु पर्छ भनेर जर्मकोका साथ निरन्तर अघि वढिरहे । यो सम्वन्धले उनलाई समाजसेवाप्रति झनै उत्साहित बनायो। आज राजपावर महर ,हाम्रो सोच हाम्रो भविष्यको, अनेकौं योजनाहरुको खाका तयार गर्ने, व्यवस्थापन गर्ने, विपद्का बेला केही दिनरात नभनी सेवामा जुटने गर्छन्। मुलुकका दुर्गम र दूरदराजमा शिक्षा,स्वास्थ र महिला वेचविखनका क्षेत्रमा काम गर्दै आएको ,हाम्रो सोच हाम्रो भविष्य, मार्फत महर सिहं थापा जोशी असोकले पनि समाज सेवालाई निरन्तरता दिएका छन्। मूलतः हाम्रो सोच हाम्रो भविष्यले चेलिवेटि बेचविखन,मानव ओसार पसार विदेशमा दुख पाएकाहरुको लागी विदेशमा बसेर नै काम गर्दे आएको छ । जसको संयोजक राजपावर महर रहेका छन् ।

समाजसेवा गर्न कुनै माध्यमको आवश्यकता पर्छ। माध्यम भएपछि गरिने कामले सार्थकता पनि पाउने गरेको छ । केही वर्षयता उनी सामाजिक कामकाजमा वढि व्यस्त रहेर समाजको लागि आफ्नो अमुल्य समयको योगदान दिन क्रियाशील हुनुहुन्छ । यस क्षेत्रमा संचालित विभिन्न सामाजिक कार्यहरुमा विशेषत युवाहरूलाई जागरुक बनाउने हाम्रो समाजका विभिन्न कुरिती विसंगतिहरु देखि अन्याय , उत्पीडन आदि देखापरेका मानव आसमानता जस्ता कुराहरुको विरुद्ध चेतनामुलक आवाजहरु बुलन्दगर्ने जस्ता कामहरुमा सफल भूमिका निर्वाह गरिरहेका छन् ।

उनले दीर्घकालिन योजना सहित सपना बोकेको क्यान्सर पीडित आनन्द दर्जिको ४ वर्ष छोराको उपचारार्थ भारत स्थित प्रवासी नेपाली साथीहरूबाट केही आर्थिक संकलन गराउन सफल भएका छन् । र अन्य सहयोग पनि जुटाउने प्रतिबद्धता जनाउदै पीडित रोगी नाबालकका बुबा आनन्द दर्जिलाई केही राहत भए पनि उपलब्ध गराए । यसमा हाम्रो सोच हाम्रो भविष्यको सक्रियतानै थियो । भारतको नयाँ दिल्ली स्थित तिलक नगरमा बझाङगी समाजसेवी दाजुभाईहरुको प्रयास र समाजसेवाको संकल्पमा रहेको ‘हाम्रो सोच हाम्रो भबिस्य’ नामक संस्थाको आयोजनामा आर्थिक समृद्धि र सम्भावनाहरुको मार्ग तयार गर्ने खालको निकै उत्साहित यसमा हाम्रो सोच हाम्रो भविष्यको सक्रियता अन्य साथीभाईहरुको सँलग्नतामा प्रवासी नेपाली जनताको हितका लागि प्रवासमा बसेर पनि समाज सेवामा निरन्तर लागिरहेका छन् । यतिखेर ‘हाम्रो सोच हाम्रो भविष्य’ आखाँको नानी बनेको छ ।

आफुले भारतमा बसेर पनि विभिन्न बाहानामा भारत धाउन बाध्य नेपाली जनताहरु जो-कोहिलाई सक्दो सेवा र सहयोग गर्ने सिहंको भनाई रहेको छ । बझाङगि जनताहरुको लागि मात्रै नभै भारतमा बस्दै लामो समय सम्म जिबिका चलाउन बाध्य भएका मजदुर, व्यावसायी र आ–आफ्नै किसिमका पेशा, व्यवसाय गर्ने जो कोहि प्रवासी नेपाली जनताका आस्था र भरोसाको केन्द्र बनेको ‘हाम्रो सोच हाम्रो भविष्य’ विदेशमा बसेपनि सेवा भाव नेपालमा छ । हाम्रो सोच हाम्रो भविष्यको पहलमा एक जना १३ वर्षिय नावालिका भारतको पंन्जावबाट उद्धार गरेर नेपाल फर्काउने अहम भुमिका रहेको घटना तरोताजा सबैको माझ प्रष्ट देखिन्छ । सामाजिक उदण्ड (खलबली)गर्दै नेपाल सरकारका प्रशासनिक पहुँचबाट भाग्न सफल व्यक्ति भारतमा लुकेर बसेका थिए । बझाङ,जिल्ला प्रशासन, महिला अधिकार मञ्च, महिला विकास, महिलासेलले समेत पक्राउ गर्न नसकेको अभियुक्तलाई ‘हाम्रो सोच हाम्रो भविष्य’को अहम कदमबाट भारत स्थित नेपाली राजदुतावासको सहयोग जुटाइ अभियुक्त व्यक्तिलाई नेपालमा सजिलै भित्र्याइ कानुनको दायरामा उभ्याउन ठुलो सहयोग गरेको थियो ।

लाखौं हामी नेपाली छिमेकी नजिकको मित्र राष्ट्र भारतमा विभिन्न पेशा गरेर पसिना र नेपाली रगत बेच्न बाध्य अनेकौं कष्ट , दमन र अत्याचारको सिकार बन्ने हुदा सो कष्ट र दमनको सजिलै समाधान गरि प्रवासमा हरेक व्यक्ति महिला,पुरुष सबैका समस्या तत्परता देखाइ आएका कुरासँग जुध्नसक्ने अबल मन अर्थात् गुण ‘हाम्रो सोच हाम्रो भविष्य’का समाजसेविहरुसंग भएको हुदा उनीहरु भारतमा बस्ने महिला पुरुष दुबैका विश्वासिला र भरोसाका पात्र नै बनेका छन् ।