जोन्सनमाथिको ८ अर्ब डलरको जरिवाना हटाइयो


वासिङटन– जोन्सन एन्ड जोन्सनलाई तल्लो अदालतले लगाएको ८ अर्ब डलरको जरिवाना पेन्सिल्भानियाको एक अदालतले खारेज गरेको छ । आफ्नो मनोचिकित्साको औषधीबाट पुरुषको स्तन बढ्ने जस्तो साइड इफेकट लुकाएको आरोपमा कम्पनीलाई यो जरिवाना लगाइएको थियो ।

नयाँ आदेश अनुसार कम्पनीलाई ६८ लाख डलर तिर्नका लागि भनिएको छ । कम्पनीले यो दण्डको बिरुद्धमा पनि अपिल गर्ने बताएको छ । यो भन्दा पहिला जोनसन एन्ड जोन्सन तथा उसको सहयोगी कम्पनी जनसेन फर्मालाई निकोलस मरेको गुनासोको आधारमा फिलाडेल्फिया अदालतमा यो जरिवाना तिर्नका लागि भनिएको थियो ।

सिजोफ्रेनिया तथा बाइपोलार डिसअर्डरमा दिइने यो औषधी रिसपर्डलमा त्रुटि फेला परेको थियो । यो औषधी १९९३ देखि बिक्री गरिदै आएको थियो । कम्पनीले २०१८ मा मात्रै ७३.७ करोड डलरको रिसपर्डल औषधी बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement