जोरविजोर प्रणाली हटाउने उपत्यकाका सिडिओहरुको तयारी

जोरविजोर प्रणाली हटाउने उपत्यकाका सिडिओहरुको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकाभित्र लगाइएको जोर विजोर प्रणालीबारे पुनर्विचार गरिने भएको छ । काठमाण्डु उपत्यकाका तीन जिल्ला प्रशासन प्रमुखहरुले जोर विजोर प्रणालीबारे पुनर्विचार गर्ने भएका हुन् ।

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जोरविजोर प्रणालीबारे अब के गर्ने भन्ने बारेमा छलफल भइरहेकाे बताए । उनले सिसिएमसिसी र स्वास्थ्य मन्त्रालयसँग सल्लाह गरेर जोर–बिजोर हटाउने तयारी गरिएको बताए ।

‘हामीले भिडभाड कम गर्नका लागि जोर–बिजोर लागू गरेका हौँ, एक साता पनि भयो, तर सीमित यातायातका साधन गुड्दा झन बढी भिडभाड भयो,’ उनले भने, ‘यसलाई हामी आजभोलिमै सहज गराउने प्रयास गरिरहेका छौँ । यसबारेमा हाम्रो छलफल पनि भइरहेको छ ।’

पछिल्लो समय कोरोना भाइरस महामारीको तेस्रो लहर बढ्न थालेपछि उपत्यकामा केहीदिनयता यातायातमा जोरविजोर प्रणाली लागू गरिएको छ । तर, यसबाट कोरोना संक्रमण रोक्ने भन्दा पनि आम मानिसमा झन संक्रमणको जोखिम बढेको भन्दै तिब्र आलोचना भइरहेको छ ।

सबै कामकाज जारी रहेको बेलामा यातायातमा मात्रै जोरविजोर गर्दा चल्ने सवारी साधनको चाप घटेपनि चलेका सवारीमा मानिसहरु कोचिएर यात्रा गर्न बाध्य भएका छन् । सर्वत्र चौतर्फी आलोचना बढेपछि उपत्यकाका सिडिओहरुले यसबारे समीक्षा गर्न लागेका हुन् ।