साढे ३३ किलो सुनका मुख्य नार्इके ‘गाेरे’ विरूद्व इन्टरपाेलमा रेडकर्नर नोटिस जारी

साढे ३३ किलो सुनका मुख्य नार्इके ‘गाेरे’ विरूद्व इन्टरपाेलमा रेडकर्नर नोटिस जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ काे नाममा नेपाल प्रहरीले अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपाेल) मा डिफ्यूजन नाेटिस जारी गरेकाे छ ।

नेपाल प्रहरीकाे मिलाेमताेमा नेपालमा संगठित सुन तस्करी गर्दै अाएका ‘गोरे’ नेपाल बाहिर रहेको आंशकमा मोरङ प्रहरीको सिफारिसमा नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो । अब इन्टरपोलको सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गोरेको खोजी गर्नेछन् ।

साढे ३३ केजी सुन तस्करी एवं उर्लाबारीका सनम शाक्यको हत्या योजनाकार उप्रेतीले नै महानगरीय अपराध अनुसन्धान महाशाखाका अधिकारीलाई घटना बारे जानकारी गराएका थिए । तर, टोली विराटनगर पुग्दा नपुग्दै उनी फरार भइसकेका थिए ।

नेपाल प्रहरीका पूर्वडिअार्इजी गोविन्द निरौलाले विगतमा गरिएका सुन तस्करीको पोल खुल्ने डरले गोरेलाई भगाएको गृहका सहसचिव पौडेलको संयोजकत्वमा गठित समितिको अनुसन्धानको निष्कर्ष छ। २० पुस ०७३ मा त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाटै बरामद भएको ३३ किलो सुन तस्करीमा निरौलाको संलग्नता आशंका गरिएको थियो।

यो प्रकरणमा गोरेसहित रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (तामाङ), कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतम लगायत फरार छन् ।