प्रहरी कुट्ने अनेरास्ववियुका नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति

प्रहरी कुट्ने अनेरास्ववियुका नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ठमेलमा प्रहरी कुटेको आरोपमा पक्राउ परेका अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।

जोशी सहितको समूहले गत माघ २४ गते राति ठमेलमा ड्युटी खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई कुटपिट गरेको थियो ।

बिहीबार साँझ बानेश्वरबाट पक्राउ परेका जोशीविरुद्ध म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरिएको थियो ।

शुक्रबार काठमाडौं प्रशासनले अभद्र व्यवहारको कसुरमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी कुटपिटमा संलग्न ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा समेत पक्राउ परेका छन् भने पक्राउ पुर्जी जारी भएका नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही भने अहिलेसम्म फरार छन् ।