शंकर खपाङ्गी स्मृति मगर युवा पत्रकारिता पुरस्कार स्थापना

शंकर खपाङ्गी स्मृति मगर युवा पत्रकारिता पुरस्कार स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका मगर युवा पत्रकारहरुलाई प्रोत्साहित गर्न स्वर्गीय पत्रकार शंकर खपाङ्गीमगरको स्मृतिमा पुरस्कारको स्थापना गरिएको छ।

 

२५ हजार राशीको शंकर खपाङ्गी स्मृति मगर युवा पत्रकारिता पुरस्कार नेपाल मगर पत्रकार संघले हरेक वर्ष वितरण गर्ने जनाइएको छ।

 

सो पुरस्कार स्वर्गीय खपाङ्गीको परिवारको तर्फबाट यूकेमा रहेका पत्रकार नरेश खपाङ्गीमगरले स्थापना गरिदिएका हुन्। स्वर्गीय शंकर खपाङ्गीका भाई नरेश खपाङ्गी मगर पत्रकार संघको संस्थापक अध्यक्ष हुन्।

 

 

पुरस्कार स्थापना सम्बन्धी सम्झौता पत्रमा केहीं दिनअभि मगर पत्रकार संघका अध्यक्ष मनोज घर्तीमगर र पुरस्कार संस्थापक नरेश खपाङ्गीमगरले हस्ताक्षर गरेको मगर पत्रकार संघका महासचिव देव पचभैयाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

 

 

पुरस्कार प्रत्येक वर्ष एक जना मगर युवा पत्रकारलाई प्रदान गरिदने महासचिव पचभैयाले जानकारी दिए। उनले पुरस्कार स्थापनाका लागि स्वर्गीय शंकर खपाङ्गीका भाई नरेश खपाङ्गीलाई विशेष धन्यवाद ज्ञापन गरिएको जानकारी दिए।

 

संघले मगर युवा पत्रकारलाई प्रोत्साहित गर्न र वरिष्ठ पत्रकारहरुलाई सम्मान गर्न विभिन्न पुरस्कारको स्थापना गर्ने नीति कार्यक्रम बनाएको छ। ‘हामी अन्य पुरस्कार पनि स्थापना गर्दै जानेछौँ’, संघका महासचिव पचभैयाले भने।