दैलेखका ८ वर्षीय नारायण सुनारलाई पत्रकार जोशीको ४० हजार सहयोग

दैलेखका ८ वर्षीय नारायण सुनारलाई पत्रकार जोशीको ४० हजार सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एपीवान टेलिभिजनमा कार्यरत पत्रकार मनोज जोशीले स्वास्थ्य समस्याका कारण तीन वर्षदेखि थलिएका दैलेखका ८ बर्षीय नारायण सुनारलाइ ४० हजार आर्थिक सहयोग गरेका छन् । पत्रकार जोशीका तर्फबाट २५ हजार र उनकी बहिनी मन्जु जोशी अर्याल र ज्वाइ हरी अर्यालका तर्फबाट १५ हजार गरी ४० हजार सहयोग प्रदान गरीएको हो ।

सहयोग रकम जोशीले अन्नपुर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी मार्फत पिडीतलाइ उपलब्ध गराएका छन् । आर्थिक अवस्था निकै कमजोर भएका दैलेख  नारायण नगरपालिका–२ कुसाडा गाउँका सुनार लामो समयदेखि हात खुट्टा सुन्निने, दुख्ने समस्याबाट ग्रसित उनको हात पनि नचल्ने अवस्थामा छ ।

नारायण ३ वर्षको हुँदा बुवा टेकबहादुर सुनारको मृत्यु भएको थियो । आर्थिक अवस्था निकै नाजुक भएका नारायणको घरमा उनकी आमा र ७० वर्षीय हजुरवुवा मात्र छन् । घरमा कमाउने कोहि नहुंदा उपचारबाट बन्चित बालकको अवस्था झन् नाजुक बन्दै गएपछी उनकी आमा गंगा विकले सहयोगको अपील गरेकि थिइन् ।

संचारकर्मी मनोज जाेशीले यसभन्दा पहिला पनि बिभिन्न अनाथ, अशक्त र अपागंता भएका साथै आर्थिक अवस्था कमजोर भएकालाइ आर्थिक सहयोग गर्दै आइरहेका छन् । उनि भन्छन् थोपा थोपा मिलेर समुन्द्र बन्छ त्यसैले आफ्नो यो आर्थिक सहयोगले पिडितको उपाचारमा केहि राहत हुन्छ भन्ने सोचले सहयोग गरेको र आफन्तलाइ पनि नारायणको सहयोगको लागि अपिल गर्छु ।