नेपाली पत्रकारद्धारा गरिबी निवारण भएको हपै प्रान्तकाे भ्रमण


बेइजिङ – चीनको गरिबी निवारण सम्बन्धी अध्यन भ्रमणमा रहेको नेपाली पत्रकारहरुको टोलीले बुधबार हपै प्रान्तमा भ्रमण गरेकाे छ ।चीनको हपै प्रान्तस्थित लघुवित्तद्धारा फेरिएको लाश्वै जिल्लाको पाइलिनस्याको नेपाली पत्रकारहरुको टोलीले भ्रमण गरेको हाे ।

वर्सेनि कराडौं आन्तरिक पर्यटकको स्वागत गर्ने यस पाइलिनस्या गाउंले लघुवित्तद्धारा स्थानियलाई रिण उपलब्ध गराउनुका साथै पशुपालन, होमस्टे लगायत पर्यटकीय सम्बन्धी काम गरेर आत्मनिर्भर हुने तालिम दिने गरेको छ ।

यहांका स्थानिय वासिहरु सुंगुर पालन,माछापालन,होमस्टे लगायत पशुपालन र पर्यटकीय कार्यक्रममा सहभागी भएर निरन्तर आम्दानी गरिरहेका छन् ।

धेरैले आम्दानी बढाउंदै आफ्नै घरआवास पनि किन्न सकेका छन् । चीनले गरिब निवारणको लागी द्रुत गति अभियान संञ्चालन गरिरहेका बेला स्थानीयले आफ्नो काममा जांगर चलाउंदा राष्ट र स्थानीय जनजीवनमा ठूलो परिवर्तन भएको छ । यहां अहिले आफ्नो व्यवसाय गर्नेहरु चीनबाट सीप सिकेर आफै स्वरोजगार बनिरहेका छन् ।

लघुवित्त लघुवित्तद्धारा हपै प्रान्तमा महिला लक्षित कार्यक्रम गरिएको छ । यहांका गाउंका पुरुष मान्छेहरु शहर जाने र गाउंमा महिलाहरु मात्र रहने भएकाले महिलाहरुले लघुवित्तद्धारा ऋण लिएर वर्षेनि लाखौं रुपैया आम्दानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement