‘आठ जना पत्रकार पक्राउ’, क्रान्तिकारी पत्रकार संगठनद्वारा रिहाईको माग

‘आठ जना पत्रकार पक्राउ’, क्रान्तिकारी पत्रकार संगठनद्वारा रिहाईको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– क्रान्तिकारी पत्रकार संगठनले आफ्ना ८ जना सदस्य पक्राउ परेको भन्दै रिहाइको माग गरेको छ।

 

 

 

कात्तिक २७ देखि मंसिर १६ सम्म ११ जना सदस्य पक्राउ परेकोमा ३ जना रिहा भएपनि बाँकी हिरासतमै रहेको संगठनका अध्यक्ष प्रभात चलाउनेले जानकारी दिए।

 

 

प्रहरीले जलजला मासिकका खेम थपलिया, मध्यान्ह दैनिकका दिपेश शाही, गर्जन पोष्ट साप्ताहिकका प्रकाश डुम्रे, प्युठान भिजन मासिकका जयश्‍वर आचार्य र पदमप्रसाद पोखरेललाई
पक्राउ गरेको क्रान्तिकारीले जनाएको छ।

 

 

संगठनका अनुसार निहिगु ज्वजोलोप्पाका जितेन्द्र महर्जन, जन प्रभात साप्ताहिकका कालीबहादुर महतरा र जगदिशनाथ योगी पनि प्रहरी हिरासतमा रहेका छन्।

 

 

जनता टेलिभिजनका ओम हमाल, रमाकान्त बाँस्तोला र स्तम्भकार वैरागी जेठालाई फेरि गिरफ्तार गर्ने धम्की आएको संगठनले जनाएको छ।