प्रभु बैंकका ग्राहकले जोय स्टोरबाट आइफोन र म्याकबुक किन्दा ५ प्रतिशत छुट पाउने

प्रभु बैंकका ग्राहकले जोय स्टोरबाट आइफोन र म्याकबुक किन्दा ५ प्रतिशत छुट पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु महानगरपालिका–२२ न्युरोडमा रहेको जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ ।

बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आइफोनमा ५ प्रतिशत र म्याकबुकमा ५ प्रतिशत छुट पाउने छन् ।

यस्तै आइफोन र म्याकबुकका सामानहरुमा २० प्रतिशत छुट पाउने छन । र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले इन्स्ट्रापे योजनाबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन ।

सो छुट सेवासुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा जोय स्टोर का तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ को संयुक्त हस्ताक्षर गरे ।

प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।