नेपालका जालिम मियाँमाथि कोरोना फैलाएको आरोप लगाउँदै भारतीय मिडिया

नेपालका जालिम मियाँमाथि कोरोना फैलाएको आरोप लगाउँदै भारतीय मिडिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय मीडियाहरुले नेपाल र पाकिस्तानलाई जोडेर गलत किसिमको अफवाह फैलाइरहेका छन् ।

भारतका नाम चलेकै मीडियाहरुले पनि नेपाल र पाकिस्तानले भारतमा कोरोनाभाइरस फैलाउन थालेको प्रचारवाजी गरिरहेका छन् ।

यो सम्बन्धमा भारतीय मीडिया आजतककको अनलाईन संस्करणले नेपालमा बस्दै आएका एक व्यक्तिले भारतमा कोरोनाभाइरस पैmलाउने योजना बनाएको प्रकाशित गरेको छ ।

उसले बिहारको पश्चिमी चम्पारणको जिल्लाधिकारीले प्रहरी अधिकारीलाई लेखेको पत्रमा नेपालमा रहदै आएका जालिम मुखिया नामका एक व्यक्तिले भारतमा कोभिड–१९ महामारी पैmलाउने योजना बनाएको उल्लेख गरेको छ ।

यसैगरी जी न्यूजले पर्साका गाउँपालिका जनप्रतिनिधि जालिम मियाँलाई आरोप लगाउँदै कोरोना भारतमा पठाएको आरोप लगाएको थियो ।

शनिबार अन्य केही च्यानलले ‘पाकिस्तानले नेपालबाट सयौँ कोरोना संक्रमितलाई भारत पठाएको’ आरोप लगाएका छन् । मुस्लिम संक्रमितहरुलाई नियोजित रुपमा पाकिस्तानले भारत छिराउन खोजेको भन्दै ती मिडियाले अफवाह फैलाएका हुन् ।

‘ग्लोबल भिलेज स्पेस’ नामको अनलाइन पोर्टल, टाइम्स नाउ टिभी च्यानल लगायत केही मिडियाले यस्तो अफवाह फैलाएका हुन् ।

ग्लोबल भिलेज स्पेसले विना स्रोत पाकिस्तानी सेनाले महामारीको फाइदा उठाउँदै नेपाली संक्रमितलाई भारत छिराएर आक्रमण गर्ने योजना बनाएको उल्लेख गरेको छ ।

यद्यपि यी सबै समाचारहरु गलत भइसकेको प्रमाणित भइसकेको छ । भारतीय प्रहरीलेनै नेपालबाट कोरोना भारतमा फैलाइएको विषय झुटो भएको बताइसकेको छ ।

को हुन् मियाँ ?

उनको वास्तविक नाम जालिम मियाँ हो । पन्चायतकालमा गाउँको प्रधानपञ्चमा बिजयी भएकाले उनको नामको पछाडि मुखिया थर कायम भएको हो । वीरगन्जबाट करिब ३० किलोमिटर उत्तर पश्चिममा रहेको जगरनाथपुर निवासी ६१ वर्षीय जालिम मियाँ जगरनाथपुर गाउँपालिकाका प्रमुख हुन् । स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन माओवादी केन्द्रबाट निर्वाचीत भएका हुन् ।

२०३५ मा पन्चायतकालमा भएको गाउँ पञ्चायतको चुनावमा जालिम मियाँ प्रधानपन्चमा विजयी भएका थिए । त्यसबेलादेखि नै गाउँघरमा बोलाउने जालिम ‘मुखिया’ नै उनको परिचय बन्यो । उनका समकक्षी अन्य मुखियाका अनुसार पन्चायतकालमा जालिम वन कटानमा बढी संलग्न हुन्थे ।

बहुदल आएपछि जालिम कांग्रेस प्रवेश गरे । क्षेत्रीय सदस्य हुँदै कांग्रेस महाधिवेशन प्रतिनिधीसमेत भए । स्थानीय तहको चुनावमा कांग्रेसबाट उनका भाई सलिम मन्सुर (मोसालिम मुखिया) ले टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिई ६५ भोटले जितेका थिए । कांग्रेसबाट टिकट पाएका जालिम जिल्ला विकास समितिको सदस्यमा बिजय भएका थिए । कांग्रेसमा उनी पूर्व गृहमन्त्री खुमबहादुर खडका निकट मानिन्थे ।

०६२र६३ को जनअन्दोलनका क्रममा जिल्लाका अन्य नेतासँग पक्राउ परे पनि प्रहरीले जालिमलाई पुरानो वन मुद्दाको फरार अभियुक्तको रुपमा अदालतमा पेश गरी कारागार पठाएको थियो । पहिलो संविधान सभापछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डबाट टिका लगाएर जालिम माओवादी प्रवेश गरेका थिए । गत स्थानिय तहको निर्वाचनमा उनले माओवादीबाट चुनाव जितेका हुन् । अहिले उनी पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष छन् ।