काठमाण्डु –अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
त्यसका लागि संस्थागत निर्णय गर्न अध्यक्ष राईले कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बैठक आज साँझसम्म बसेर निर्णय गरी सरकारबाट फिर्ता र समर्थन फिर्ता हुने पार्टी महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
पार्टीले नेपाली कांग्रेस र नेकपा एमालेबीच गत सोमबार भएको सत्ता सहकार्य गर्ने सहमतिलाई स्वागत गर्दै समर्थन गर्ने तयारी पनि गरेको छ । त्यसका लागि कार्यकारिणी समिति बैठकबाट संस्थागत निर्णय गरिने महासचिव राईले बताए ।
जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् । जसपाबाट प्रमोद यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नवलकिशोर साह सुडी वन तथा वातारण मन्त्री तथा हसिना खान स्वास्थ्य राज्यमन्त्री छन्।




प्रतिक्रिया