काठमाण्डु – मधेशका मुख्य दुई राजनीतिक शक्तिबीच एकीकरण भएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच पार्टी एकता गर्ने सहमति भएको छ । दुवै पार्टीका अध्यक्षहरूले एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
‘दुवै पार्टीका पदाधिकारीहरूको बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी पार्टी एकीकरण गर्ने निर्णय गरिएको सहमति पत्रमा उल्लेख छ ।
एकताबारे थप जानकारी भने वक्तव्यमा उल्लेख छैन । विशेषगरी एकीकृत पार्टीको नाम, चिन्ह र नेतृत्वबारे केही नखुलाई वक्तव्य जारी गरिएको छ ।





प्रतिक्रिया