एमालेसंग मिलेर जान जसपा सहमत, सहमतिको मस्यौंदा तयार

एमालेसंग मिलेर जान जसपा सहमत, सहमतिको मस्यौंदा तयार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच गठबन्धन बनाएर जाने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच एमाले नेता रघुविर महासेठको निवासमा भएको छलफलमा दुवै नेताबीच मिलेर निर्वाचन लड्ने सहमति भएको हो । छलफलमा एमाले महासचिव शंकर पोखरेल समेत सहभागी छन् ।

सत्तारुढ गठबन्धनमा रहेको जसपाका अध्यक्ष यादव सिट बांडफांडमा सत्तारुढ दलहरुसंग कुरा नमिलेपछि एमालेसंग छलफलमा जुटेका थिए । अध्यक्ष यादवले एमाले अध्यक्ष ओलीसंग यसअघि समेत पटक पटक भेटेर छलफल गरेका थिए ।

जसपाले एमालेसंग केन्द्रमा २५ सिट मागेको थियो । मधेशमा १६ सिट र अन्य प्रदेशमा ८ सिटमा सहमति भएको छ । सत्ता गठबन्धनमा जसपालाई १६ सिट दिने प्रस्ताव थियो । जसपाले एमालेसंग मोरङ,सुनसरी , धनकुटा,काठमाण्डौं७,नवलपरासी, बांके र कपिलवस्तुमा एक एक सिट दिन आग्रह गरेको छ ।

धनकुटाको हकमा सहमति नभएपनि अन्य जिल्लामा भने जसपालाई सिट दिन एमाले सहमत भइसकेको स्रोत बताउंछ ।

त्यसैगरी मधेस प्रदेशमा जसपाले सप्तरीमा २,सिरहामा २,धनुषामा १,महोत्तरीमा ३,सर्लाहीमा २, रौतहटमा २,बारामा २ र पर्सामा २ सीट पाउने सम्भावना छ । दुवै दलबीच सहमतिको मस्यौंदा बनिसकेको छ । आज सांझै वा भोली विहान हस्ताक्षर गर्ने तयारी छ ।