आखिर कहाँ थिए ‘दोहोरीबाट हराएका माओवादी केन्द्रीय नेता’ ?


काठमाडौं—राजधानी मायालु दोहोरी साँझबाट हराएका भनिएका माओवादी केन्द्रका केन्द्रीय सदस्य झपट साउँद तीन दिनपछि सम्पर्कमा आएका छन् । भक्तपुरमा श्रीमतीसहित बस्दै आएका अछाम जिल्ला पार्टी अध्यक्ष समेत रहेका साउँद गत शुक्रबार राति एकाएक राजधानीबाट हराएका थिए ।

 

अचानक आफन्त हराएपछि उनको परिवारमा तनाव उत्पन्न भयो । त्यसपछि उनका काका नन्दबहादुर साउदले महानगरीय प्रहरी परिसर टेकुमा खोजबिनका लागि उजुरी नै दर्ता गराए । 

 

यतिमात्र होइन्, एक केन्द्रीय नेता हराएपछि माओवादी केन्द्रमा समेत खैलाबैला मच्चियो । कसैको पनि सम्पर्कमा नरहेर राजधानीमै एक केन्द्रीय नेता हराएपछि माओवादी ७ नं. प्रदेशका इञ्चार्ज लेखराज भट्टसहितको टोली खोजबिनका लागि गृहमन्त्री गृहार्न समेत पुग्यो ।

 

गृहमन्त्रीले साउँदको खोजबिनमा विशेष ध्यान दिन प्रहरीलाई निर्देशन दिए । त्यसलगतै काठमाडौं प्रहरी परिसर प्रमुख छविलाल जोशीले टोली नै बनाएर साउनको खोजीमा प्रहरी परिचालन गरे । प्रहरीले उनको फोनको कल डिटेल निकाल्दा अन्तिम कलको लोकसन स्युचाटार देखायो । त्यहाँ उनको सम्पर्क एक युवतीसँग भएको देखियो ।

 

प्रहरीले स्युचाटार क्षेत्रमा टोली नै बनाएपछि अनुसन्धान गरिरहेका बेला तीन दिनपछि सोमबार उनी सम्पर्कमा आएका थिए । अझ रोचक त भने साउँदले सम्पर्कमा आएपछि आफू कतै नहराएको र मोबाइल अफ हुँदा सम्पर्क हुन नसकेको र समाचार बनाएर आफ्नो बदनामी गरिएको आरोप पत्रकारमाथि लगाए । उनी अहिले आफू अपहरणमा नपरेको र आफूलाई योजनावद्ध रुपमा हमला गर्न यस्तो गरिएको भन्दै चोख्खिन खोजिरहेका छन् ।

 

यति त्यसो हो भने उनको परिवारले किन प्रहरीमा उजुरी दर्ता गरायो ?  काठमाडौंजस्तो ठाउँमा तीन दिनसम्म एक नेताले मोबाइल किन स्वीच अफ गरे ? खास के भएको थियो त घटनामा ? कहाँ गएका थिए, उनी ?

के भएको थियो त्यसरात ?
शुक्रबार साँझ साउँदले ठेकेदार दिलबहादुर रावलसँग चाबेलमा रक्सी खाए । त्यसपछि उनी ट्याक्सी चढेर नयाँबानेश्वर आए । साँझ ९ बजे विजुलीबजारमा रहेको मायालु दोहोरी साँझमा रक्सी खादै युवतीसँग रमाए । बिल तिर्न उनले त्यहाँ अर्का एक ब्यक्तिलाई बोलाए । बिल तिरेपछि ती आफन्तले उनलाई घर जान आग्रह गरे । तर, उनी मानेनन् । त्यसपछि उनी ठमेल हानिए ।

प्रहरीस्रोतकाअनुसार ठमेलमा पुगिसकेपछि उनले एक जना प्रहरीका असईलाई भिडन्त भएको र आफूलाई बचाउन आग्रह गर्दै फोन गरे । त्यस लगतै आफ्नी श्रीमतीलाई डान्सबारमा गोली चल्दैछ मलाई मार्न सक्छन् भनेर फोन गरे । त्यसपछि उनी बेपत्ता भए ।

 

त्यसपछि परिवार र माओवादी पार्टीभित्र उनी अपहरणमा परिएको भन्दैं चौतर्फी तनाव सुरु भयो । छानविनका लागि आफ्न्त र पार्टीले प्रहरी गुहा¥यो । प्रहरीले कल डिटेल मगाएर अध्ययन गर्दा शुक्रबार राति १२ बजे उनको अन्तिम सम्पर्क स्युचाटारमा एक युवतीसँग भएको भेटियो ।

 

 

प्रहरी स्रोतकाअनुसार ती युवतीसँग उनको आर्थिक लेनदेनका विषयमा कुराकानी भएको थियो । त्यसपछि प्रहरीले त्यही आफ्नो अनुसन्धान केन्द्रीत ग¥यो । प्रहरीले घेरा हालेर नै अनुसन्धान सुरु गरेपछि सोमबार उनी सम्पर्कमा आए । केही समयअघि पनि उनी जग्गा विवादका कारण पक्राउ परिसकेका ब्यक्ति हुन् ।

 

(हेर्नोस निवेदनको कपी)

 

प्रतिक्रिया दिनुहोस
Advertisement