जुवाखालबाट २ करोडसहित २५ पक्राउ, पक्राउ पर्नेमा व्यापारीदेखी नेतासम्म

जुवाखालबाट २ करोडसहित २५ पक्राउ, पक्राउ पर्नेमा व्यापारीदेखी नेतासम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं प्रहरीले महाराजगञ्जस्थित एक जुवाखालबाट २५ जनालाई प्रमुख गरेको छ । पक्राउ परेकाहरुको साथबाट नगद र चेकसहित २ करोड बढी रकम बरामद भएको छ ।

प्रहरीले बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पक्राउ परेको जनाएको छ । त्यसैगरी पक्राउ पर्नेमा पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् ।

प्रहरीले महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम गौतमको घरमा प्रहरीले छापा मारेको थियो । महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले जुवाखालबाट २ करोड ६७ लाख नगद र बैंक अफ काठमान्डूको ३ लाखको चेक बरामद भएको जानकारी दिएका छन् ।