सर्वाेच्च अदालतका प्रस्तावित ३ न्यायाधीशविरुद्ध ७ उजुरी

सर्वाेच्च अदालतका प्रस्तावित ३ न्यायाधीशविरुद्ध ७ उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतका प्रस्तावित ३ न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ उजुरी परेका छन् ।

बिहीबारको समितिको बैठकमा ५ उजुरी व्यक्ति केन्द्रित र २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएका सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिएकी छन् ।

सर्वाेच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्ति सिंह थापाको नाम सिफारिस गरिएको छ ।

प्राप्त उजुरीबारे शुक्रबार उजरीकर्तासँग छलफल गर्ने र १५ गते सुनुवाइ गर्ने समितिको तयारी छ ।