प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल सुरु, निस्केला निकास ?

प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल सुरु, निस्केला निकास ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सर्वोच्च अदालतका न्यायाधीशहरु र प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराबीच छलफल सुरु भएको छ ।

पछिल्लो समय न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशरुबीच सामूहिक छलफल सुरु भएको हो ।

 प्रधानन्यायाधीश जबरा संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइ रोकेको, सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू गर्न नमानेको, कार्यकारी निकायसँग लेनदेनमा सहभागी भएको लगायतका विवादमा मुछिएपछि उनीमाथि राजीनामाका लागि चौतर्फी दबाब बढ्दै गएको छ ।

सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन र सर्वोच्च बारले पनि जबरालाई ‘निकास दिन’ आग्रह गरेको छ ।

त्यस्तै चार पूर्वप्रधानन्यायाधीशहरुले पनि अवेर राति विज्ञप्ति निकालेर प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आग्रह गरेका छन् ।प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच जारी छलफलले कस्तो निष्कर्ष निकाल्छ भन्नेमा सर्वत्र चासो बढेको छ ।